अमीर द्वारा फिजीका राष्ट्रपतिलाई शुभकामना ब्यक्त, अमीरी दीवानमा अमेरिकाका कांग्रेस प्रतिनिधिमण्डल सदस्यहरूसँग भेट

अमीर शेख तमीम बिन हमाद अल थानी र उप अमीर शेख अब्दुल्ला बिन हमद अल थानीले हिजो फिजीका राष्ट्रपति जिओजी कोनोरोटलाई उहाँको देशको स्वतन्त्रता दिवसको वार्षिकोत्सवको अवसरमा बधाई सन्देश पठाउनु भएको छ ।

अमिर संगै प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल थानीले पनि फिजीका प्रधानमन्त्री फ्रान्क बैनिमारमालाई बधाई व्यक्त गर्नुभएको छ । फिजिले हिजो ५० औं स्वतन्त्रता दिवस मनाएको छ ।

अमीरी दीवानमा अमेरिकाका कांग्रेस प्रतिनिधिमण्डल सदस्यहरूसँग भेट

अमीर शेख तमीम बिन हमाद अल-थानीले आज बिहान अमीरी दीवानको कार्यालयमा संयुक्त राज्य अमेरिकाका कांग्रेस प्रतिनिधिमण्डल महासभाका सदस्यहरूसँग भेट गर्नुभएको छ ।

कतार भ्रमणमा रहेका महासभाका सदस्य तर्फ कनेक्टिकट राज्यका जिम हिम्स, क्यालिफोर्नियाका इरिक स्वावल, म्यासाचुसेट्सका सेथ मौल्टन र फ्लोरिडाका एचई पैट्रिक मर्फीसँग अमिरले भेट गर्नुभएको हो ।

बैठकमा कतार र संयुक्त राज्य अमेरिका बीचको रणनीतिक सहयोगका पक्षहरूको समीक्षा गरिनुका साथै विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूको बारेमा छलफल भएको कतार न्युज एजेन्सीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button