हिजो ४ हजारले घटेको सुनको मूल्य आज तोलामा २ हजारले बढ्यो

काठमाडौँ, कात्तिक २३-
नेपाली बजारमा सुन मूल्य २ हजारले बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार घटेको सुन आज (शुक्रबार) फेरि २ हजार बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ तोकेको थियो । आज शुक्रबार भने १ लाख ६६ हजार ५ सय रुपैयाँ पुगेको छ । कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो