बिज्ञापन

गोल्डस्टार कतारमा, नोभेम्बर १ तारिखदेखी किन्न पाइने

नेपालको लोकप्रिय जुत्ता गोल्डस्टार अब कतारमा पनि उपलब्ध हुने भएको छ । एसियन टाउनस्थित प्लाजा मलमा गोल्डस्टार सोरुमको उद्घाटन यहि नोभेम्बर १ तारिख सोमबार दिउँसो ३ बजे हुँदैछ ।

स्वदेशी उत्पादनलाई विदेशमा पनि चिनाउनु पर्छ भन्ने उद्देश्यका साथ मधुसुधन केसीले गोल्डस्टार ब्रान्ड लाई कतारमा भित्राएका हुन् ।  उनलाई नेपालबाट अभिमन्यु शर्मा र थमन कुमार भण्डारीले कनसल्टिङको रुपमा सहयोग गरेका छन् ।

एसियन टाउनस्थित प्लाजा मलसोरुम संगै कतारमा अनलाइन मार्फत पनि चाँडै नै जुत्ता खरिद सकिने केसीले क्युएनखबरलाई जानकारी दिएका छन् ।

नेपालमा सन् १९९० देखि गोल्डस्टार जुत्ताको उत्पादन हुन थालएको पछिल्लो पटक विश्वव्यापी डिजाइनहरू नेपालमा प्रवेश गरेपछि गोल्डस्टारले पनि सजगतापूर्वक आफ्ना डिजाइनहरू पुनरावलोकन गरी नयाँ डिजाइनहरू प्रस्तुत गर्न सुरू गरेको छ । हाल कम्पनीले उपभोक्ताहरुको आर्थिक अवस्था र बजारको माग अनुरुप जुत्ता उत्पादन गर्दै आएको छ ।

यता उपभोक्ताहरूले पनि गोल्डस्टारलाई एक किफायती ब्रान्डको रुपमा छनौट गरेका छन् । गोल्डस्टारको प्रमुख मोडल ०३२ भेरियन्टले नेपालमा ठूलो चर्चा पाएको छ ।

नेपाली नागरिकले धेरै टिकाउ, किफायती, सहज र आकर्षक जुत्ताका रूपमा लिने गरेको गोल्डस्टार जुत्तालाई कतारमा सफलता मिलोस् । हाम्रो शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
1
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button