बिज्ञापन

रमजान अलि मियाँको ‘मैले देखेको कतार’ पुस्तक सार्वजनिक

आफ्नो १५ वर्षको कतार बसाईको अनुभव समेटिएको प्राध्यापक डा. मोहम्मद रमजान अलि मियाँको ‘मैले देखेको कतार’ पुस्तक हिजो एक कार्यक्रमका बिच सार्वजनिक भएको छ ।

सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले हरित गृह लैनचौर स्थित उपराष्ट्रपतिको कार्यालयको हातामा रहेको सभाहलमा एक भब्य कार्यक्रम बिच पुस्तक सार्वजनिक भएको हो ।

पुस्तकमा कतारमा रहेका नेपालीहरूको इतिहास, नेपाली श्रमिकको योगदान, कतारको इतिहास र विस्तृत परिचय नेपाल कतार बिच सम्भावना भएका दर्जनौं विषय समेटिएको लेखक मियाँले बताए । उनले प्राकृतिक रूपमा धनी तर विकास नभए नेपाल र प्राकृतिक रूपमा थोरै कुराहरू मात्र भएर पनि विकासमा अब्बल भएको कतारका कुरालाई पुस्तकमा समेटेको बताए ।

कतारका नेपाली समुदायको सामाजिक उत्थानका निम्ति उल्लेखनीय भुमिका निर्वाह गर्दै आएका मानव अधिकार कर्मी प्राध्यापक डा. मोहम्मद रमजान अलि मियाँको ३७ औं कृति  ‘मैले देखेको कतार’ पुस्तकलाई घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको हो भने यस पुस्तकको अरबिक र अंग्रेजी संस्करण पनि छिट्टै आउने छ ।

कतारमाथी मात्रै मियाँ यस् अघीले १० वटा पुस्तक प्रकाशन गरिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
10
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button