अक्टोबर देखि कतारमा रेल गुड्ने

कतारको इतिहासमै पहिलो पटक आउने अक्टोबर महिना बाट रेल(मेट्रो) गुड्ने भएको छ। अरबिक पत्रिका अल शार्कको अनुसार दोहा मेट्रो रेड लाइनको पहिलो चरण अन्तर्गत अक्टोबर ३१,२०१८ बाट अल कासार देखि अल वक्रा सम्म रेलको रुट उद्घाटन गरिने कतार रेलले घोषणा गरेको छ।
गत महिना कतार रेलले दोहा मेट्रो आयोजनाको ७७ प्रतिशत कार्य सम्पन्न भएको जानकारी दिएको थियो।जसमा ८१ प्रतिशत निर्माण कार्य र ५९ प्रतिशत जडान अन्तर्गतका कार्यहरु रहेका छ्न्।

कोस्ट लाइन समेत भनेर चिनिने दोहा मेट्रो रेड लाइनको दूरी अल वक्रा हुँदै लुसेल सम्मको जम्मा ४० किलोमीटर क्षेत्र रहेको छ।यसमा हमाद अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल १,कर्नेश लगायत अन्य १७ वटा स्टेसन समावेस हुनेछ।
खाडी क्षेत्रमा नै सबैभन्दा द्रुत गतिको यस दोहा मेट्रो आयोजना सन् २०२० भित्र सर्वसाधारणको लागि खुला हुनेगरी सम्पन्न हुनेछ।१०० किलोमीटर प्रति घण्टा सम्म गुड्न सक्ने बिना चालकको रेलले यात्रुहरुलाई छिटो,भरपर्दो र आरामदायी यात्रा प्रदान गर्नेछ।यसमा अत्याधुनिक सुविधा जस्तै डिजिटल मीडिया,समन्वित यात्रा,स्वचालित टिकट मेसिन,एसी लगायत समावेश छन्।