कतारको राष्ट्रिय म्युजियममा नेपालको श्रीपेच

हालसालै उद्घाटन गरिएको कतारको राष्ट्रिय संग्रहालयको ग्यालरीमा नेपालको श्रीपेच पनि समावेस रहेको छ । जानकारीका लागि संगै राखिएको नोटमा उक्त श्रीपेच सन् १८०० देखि १९०० सम्म नेपालमा शासन गरेका राणाहरुसंग सम्बन्धित रहेको भनिएको छ ।

श्रीपेचको टाउकोको भागमा बहुमुल्य गहना र पछिल्तिर झुन्डिएको कल्कीचाहिँ सन्सारमै दुर्लभ `बर्ड अफ प्याराडाईज´ नामक चराको पुच्छर रहेको छ ।
त्यसताका कतार र भारत बिच हुने दोहोरो पर्ल व्यापारको क्रममा नेपालले पनि सम्बन्ध कायम राख्न सो श्रीपेच कतारलाई उपहार स्वरुप दिएको भनी अनुमान गर्न सकिन्छ । श्रीपेच संगै राखिएको हार भने भारतको रहेको लेखिएकाे छ ।

कतारको राष्ट्रिय संग्रहालयको बारेमा जान्नुपर्ने कुराहरु
१. कतार राष्ट्रिय संग्रहालय मरभूमिमा हावाको कारण बालुवामा बन्ने गुलाफको आकार अनुरुप डिजाइन गरिएको हो । यसलाई अवार्ड विजेता जिन नाेउवेलले डिजाइन गरेका हुन् ।
२. संग्रहालयको उद्घाटन मार्च २७ तारिख अमिर शेख तमिम बिन हमाद अल थानीले विशिष्ट व्यक्ती,कुटनीतिज्ञ,कलाकार,पत्रकार लागयतको उपस्थितिमा उद्घाटन गर्नुभएको हो।
३. सर्वसाधारणलाई मार्च २८ तारिक बाट खुला गरिएको संग्रहालय अवलोकन गर्न कतारी आइडी भएकाहरुलाई निशुल्क र नहुनेलाई ५० रियाल टिकट राखिएको छ ।
४. संग्रहालय खुल्ने समय बिहान ९ देखि बेलुका ७ (शनिबार -बिहिबार) र दिउँसो १:३० देखि बेलुका ७ बजे सम्म (शुक्रबार ) । बन्द हुने एक घन्टा अगावै प्रवेश गर्न दिईनेछैन ।

#NationalMuseumofQatar #NMOQ #QATARNEPAL