बिज्ञापन

जाभी बार्सिलोना जाने कुरा पक्का हो : कतारी क्लब अल साद

हाल जाभी प्रशिक्षक रहेको कतारी क्लब अल सादले जाभी बार्सिलोना जाने कुरा पक्का भएको जनाएको छ । जाभीले केही दिनअघि नै बार्सिलोना संकटमा रहेको र आफूले जान चाहेको जानकारी साद क्लब लाई गराए थिए । उनको त्यो निर्णय आफूहरुले नरोक्ने निर्णय गरेको अल साद क्लबले उनलाई बिधाइ पनि गरीसकेको छ ।

नवनियुक्त प्रशिक्षिक जाभीको आवागमनसँगै स्पेनिस ला लिगामा लगातार खराब प्रदर्शन गरिरहेको बार्सिलोनालाई लयमा फर्काउने क्लबले आशा राखेको छ।

जाभीले यसअघि १७ वर्ष खेलाडीको रुपमा बार्सिलोनामा बिताएका थिए। सन् २०१५ मा क्लब छाड्नुअघि उनले बार्सिलोनाका लागि ७७९ खेल खेल्दै २५ उपाधि जिताएका थिए।

४१ वर्षीय जाभीले खेलाडीको रुपमा बार्सिलोनालाई आठ पटक ला लिगा र चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । त्यसपछि उनी कतारी क्लब अल–सादको खेलाडी हुँदै मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्न पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button