बुद्ध लामा बने पहिलो नेपाल आइडल

एपी वन टेलिभिजन बाट प्रशारित भएको चर्चित गायन रियालिटी शो नेपाल आइडलको पहिलो विजेता बुद्ध लामा बनेका छन् ।पोखरा,बास्तोलाटारका १९ वर्षिय लामाले आखाँको निद खोसी लाने गीत बाट अडिशन दिएका थिए । सबै खाले गीत मिठो गाउन सक्ने र फरक स्वर भएका बुद्धले आईडलमा गाएको ऊ जितेर गई या हारेर गई धेरैले बाट पराइएको थियो ।पश्चिमाञ्चलकै नम्बर एक एफएमले संचालन गरेको बिग आइकन गायन प्रतियोगितामा पनि लामा अन्तिम चार सम्म पुग्न सफल भएका थिए ।

नेपाल आइडल जितेसंगै बुद्ध लामा ले २० लाख रुपैयाँ नगद, महिन्द्राको केयुभी १०० र १५ लाख बराबरको भिडियो एल्बमको कन्ट्रयाक्ट पनि पाएका छन् । ।

त्यस्तै प्रतियोगितको दोस्रो विजेता उर्लाबारी मोरङ्गका निशान्त भट्टराई तथा तेस्रो ललितपुरका प्रताप दास भएका छन् । निशानले १५ लाख र प्रतापले १० लाख रुपैया प्राप्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button