बिज्ञापन

शनिबार सम्म चिसो बढ्ने

केही दिन यता सामान्य रहेको मौसम हप्ताको अन्त्यमा चिसो हुने भएको छ । उत्तर पश्चिमी वायु सक्रिय हुने हुँदा देशको प्राय भुभागमा बिहिबार देखि शनिबार सम्म चिसो बढ्नेे कतार मौसम विभागले बताएको छ ।

उत्तर-पश्चिमी वायुको प्रभावले गर्दा उच्च तापक्रम १६ देखि २० र न्यूनतम तापक्रम १० देखि १४ डिग्री सेल्सियस बिच रहनेछ। त्यस्तै देशको उत्तरी तथा बाहिरी भुभागमा तापक्रम ८ डिग्री सम्म झर्ने विभागले जानकारी दिएको छ।

कडा वायु सङै चिसो हावा पनि बहने हुँदा मौसम अझ बढी चिसो हुनेछ। साथै चिसो यो सिजनको सबैभन्दा बढी हुनसक्ने विभागले अनुमान गरेको छ। बिशेषगरि शुक्रबार र शनिबार कडा हावा सङै धुलो पनि उड्नेे हुँदा प्रतक्ष्यता पनि दुई किलोमिटर भन्दा कम हुनेछ।

यसै बिच उक्त समयावधि भर समुन्द्री क्रियाकलाप नगर्न विभागले सावधान गरेको छ। साथै मौसम बारे अपडेट लिन बिभागको आधिकारिक सामाजिक सन्जाल फलो गर्न विभागले अनुरोध सम्म गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button