कतारमा कोरोनाभाइरस : आज ५ जनाको मृत्यु

स्वास्थ्य मन्त्रालयले मंगलबार १,७२१ जनामा कोरोनाभाइरस संक्रमण र थप ५ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ७१,८७९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ५,३८९ जनालाई गरिएको परिक्षणमा आज १,७२१ जना नयाँ संक्रमित भेटिएको छ । त्यस्तै १,६३४ जनालाई निको पनि भएको छ ।
कतारमा यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ६२ पुगेको छ । आज मृत्युु हुने ५ जना ५३,६५,७४,७८ र ८० वर्षका नागरिकहरु रहेका छन् । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
पहिलो स्वाब नतिजा पोजेटिभ आएका सामान्य बिरामीलाई १४ दिनमा डिस्चार्ज दिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मार्गनिर्देशन अनुसार अपनाएको स्वास्थ्य उपचार विधिका कारण कतारमा अहिले यस रोग बाट निको हुनेको संख्या पनि दिनहुँजसो बढ्दै गैरहेको छ ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – १५३ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – १,४७० जना
आईसीयुमा भर्ना भएका – १६ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – २३६ जना
जाँच गरिएको संख्या – ५,३८९ जना
आज सम्म जाँच भएको संख्या – २,६५,०३५ जना
निको हुनेको संख्या – १,६३४ जना
आज सम्म निको हुनेको संख्या – ४७,५६९ जना
निको हुन बाँकीको संख्या – २४,२४८ जना
आज सम्म मृत्यु हुनेको संख्या – ६२
कुल संक्रमितको संख्या – ७१,८७९
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
भाइरस जाँच्न हुने मुख्य चार स्थानहरु :
१. मुऐथर हेल्थ सेन्टर
२. रव्दत अल खेल हेल्थ सेन्टर
३. उम स्लाल हेल्थ सेन्टर
४. अल घराफा हेल्थ सेन्टर
यो पनि पढौ : दूतावासको नयाँ फारम : नेपाल फर्कन कसले भर्नुपर्ने ,कसले नपर्ने ?