साउदी प्रमुख राष्ट्रहरु संगको कुटनीतिक सम्बन्ध समस्याको अन्त्य गर्न कतार वार्ताको लागि तयार रहेको तर ती देशहरुले कतारको सर्भभौमिकताको कदर गर्न पर्ने अमिर एचएच शेख तमिम बिन हमद अल थानीले बताउनुभएको छ ।

जुन ५ देखि सुरु भएको खाडी समस्या पश्चात पहिलो पटक एक टेलिभिजनमा मार्फत हिजो वतव्य दिँदै अमिरले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
अमिर शेख तमिमले आफ्नो देश एक अभूतपूर्व अभियानको निशानामा परेको बताउनुभयो । उहाँले कुवेतको मध्यस्त भुमिकाको साथै टर्की,जर्मनी र अमेरिकाले खाडी समस्या सुल्झाउन गरेको सहयोगको प्रंशसा गर्नुभएको छ ।

अमिरले टर्कीले तुरुन्तै गरेको सैनिक र दैनिक आवश्यकताको सहयोगलाई धन्यवाद दिनुभएको छ । हामी विरुद्ध गरिएको अभियान एक पूर्व योजना थियो र यो परिक्षामा हामी सफल भएका छौ अमिरले थप्नुभयो ।

अमिरको वतव्यबाट आएका मुख्य कुराहरु
१.कतारमा रहेका जनताहरुमा एकजुटको भावना,सद्धभाव र अवज्ञा प्रचलित हुँदा विपक्ष राष्ट्रहरुलाई नै टाउको दुख्ने विषय बनेको छ ।
२.कतारमा रहेका हरेक नागरिक देशका लागि प्रवत्ता भएका छन् ।
३.उत्तेजना र झुटको गलत आरोप लगाएर देशलाई आत्मसमर्पण गर्न खोजेको सबैले देखेका छन् र त्यस्त झुटको खण्डन पनि गरेका छन्।
४.विभिन्न अरब राष्ट्र र गैर अरब राष्ट्रहरुले जनताको रायलाई कदर गरेर हाम्रो समर्थन गरेका छन् अथवा कम्तीमा नाकाबन्दीको विरोध गरेका छन् ।
५.कतारले कोही कसैमा आफ्नो रायले आरोप लगाएको छैन् ।
६.बाल्यावस्था देखि नै हाम्रो सन्तानहरुले झुट बोल्न र अपमान गर्न दुबै खराब व्यवहार भएको सिकेका छन् ।
७.कतारले निर्ममता पूर्वक र बिना सम्झौता आतंकवाद विरुद्ध लागिपरेको र अन्तर्राष्ट्रिय समुदाय यसबारे अवगत रहेका छन् ।
८.आफ्नो देशको नागरिकलाई दुःख नदिई समस्या वार्ताबाट नै सुल्झाउन पर्दछ ।
९.खाडी समस्याले कतारी समुदाय भित्र मानवीय मुल्य खोज्न मात्र नभई एकता,इच्छा र दृढ संकलप भित्र लुकेको आफ्नै स्रोतमा आकर्षित हुन अगाडी बढाएको छ ।
१०.सरकार सहित विभिन्न मन्त्रालय तथा राज्यको संस्थाहरु मिलेर नाकाबन्दीको समयमा आफ्नो जनताको आधारभूत सामान सहज ढङ्गले पूर्ति गर्न लागिपरिरहेका छन् ।
११.हाम्रो लगानी,खाना,औषधी उत्पादन, लगायतलाई पहल गर्न र आयको स्रोत बढाउन अर्थव्यवस्था खोलेका छौ ।

१२.हामी हाम्रो गल्ती पत्ता लगाउन र सुधार्न डराउँदैनौ । यो समस्याले हामीलाई कमजोरी तथा वाधावरोध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button