बिज्ञापन

अगस्त १७ तारिख देखी नेपालका सबै उडान खोलिने

काठमाडौं – नेपाल सरकारले भदौ १ गते (अगस्त १७ तारिख) देखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । हिजो सोमबार बसेको मन्त्री परिषदको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको हो ।

सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि गत चैत (मार्च ) महिना देखी यता आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएको छ । अब भदौ १ देखि भने नियमित व्यवसायिक उडान सञ्चालन गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

अब बिदेशमा समस्यामा रहेका नेपालीले केही राहत पाउनेछन् । आशा गरौ अन्तर्राष्ट्रिय हवाई भाडादर सस्तो पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button