बिज्ञापन

यूएईमा रोजगारदाताले इच्छा विपरीत काममा लगाउन नपाउने

आगामी २ फेब्रुअरीबाट लागू हुने गरी युएईले आफ्नो श्रम कानुनमा महत्वपूर्ण सुधारको निर्णय गरेको छ । यूएई सरकारले आफ्नो श्रम कानुनमा सुधार गर्दै यूएईको निजी क्षेत्रमा रोजगारदाताले श्रमिकको इच्छा विपरीत काममा लगाउन नपाइने, श्रमिकले अदालतमा मुद्दा लड्दा शुल्क तिर्न नपर्ने लगायतका विषयमा सुधार गरिएको गल्फ न्युजले खबरले जानकारी गराएको छ । जर्बजस्ती काममा लगाउँदा श्रमिकले काम नगरेमा रोजगारदाताले कुनै पनि जरिबाना लिन पाउने  छैनन् ।

यस्तै श्रमिक र रोजगारदाताबीचको करार सम्झौता बढीमा तीन वर्षसम्मको मात्रै गराउन पाइने प्रावधान राखिएको छ। सम्झौता दुवै पक्षको सहमतिमा थप–घट गर्न सकिनेछ। यसमा श्रमिकको परीक्षणकाल ६ महिनाको हुनेछ ।

अब श्रमिकले चाहेमा एउटाभन्दा बढी कम्पनीमा काम गर्न पाउनेछन् । स्वतन्त्र रूपमा श्रमिकले काम गर्न पाउने सुविधाको कुरा पनि अहिले भएको नयाँ श्रम कानुनले समेटेको छ ।

यदि श्रमिकको मृत्यु भएमा श्रमिकले पाउनु पर्ने रकम कम्पनीले १० दिन भित्र उपलब्ध गराउन पर्ने छ भने मृतकको शव पठाउने खर्च पनि रोजगारदाता कम्पनी स्वयंले व्यर्होन पर्नेछ ।

महिला श्रमिकले पाउने सुत्केरी बिदालाई ४५ दिनबाट बढाएर ६० दिन पुर्‍याइएको छ । ४५ दिन बिदाको तलब पाइने छ भने १५ दिन अर्थ तलबी बिदा महिला कामदारले पाउने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button