बिज्ञापन

मापदण्डभन्दा बढी सुन, मोबाईल लगायतका सामान ल्याएको खण्डमा जफत हुन्छ : भन्सार विभाग

सुन तस्करीको आशंकामा विदेशबाट नेपाल गएकाहरूलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुने चेक जाँचमा कडाइ गरिएको छ । दुबई, कतार र मलेशियाबाट नेपाल गएका यात्रुहरूलाई विमानस्थल भन्सारले कडाइका साथ चेक जाँच गर्न थालेको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा हिजो सोमबार देखी ४० जना कर्मचारी परिचालन गरिसकेको छ । जाँचमा कडाइ गर्न थालेपछि विमानस्थलमा सोमवारदेखि भीड पनि बढेको छ ।

विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईका अनुसार पछिल्लो समय विदेशबाट नेपाल आउनेहरु सुन तस्करीमा पक्राउ पर्ने गरेको र बयानमा आफूलाई त्यसबारे केही थाहा नभएको जानकारी दिने गरेकाले यस्तो ठगीबाट जोगिन आग्रह गरेका छन् ।

त्यसैले विमानस्थलमा कसैले ललाइ फकाइ कुनै सामान लगिदिन भनेमा राम्रोसँग बुझेर मात्र ल्याउन त्रिभुवन विमानस्थले भनेको छ ।

त्रिभुवन विमानस्थल हुँदै स्वदेश आउने यात्रुहरुले प्रचलित कानुनले दिएको सुविधाभन्दा बढी मात्रामा सुन, ल्याप्टप, मोबाइल ल्याउने गरेका छन् । यसरी सामान ल्याउँदा यात्रुहरु कानुनी फन्दामा पर्ने गरेका छन् ।

भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी गएकाे जेठ १५ गतेदेखि लागु हुने गरी यात्रुले आफूसँगै ल्याउन र लैजान पाउने सामानको तल उल्लेखित परिमाणमा मात्र भन्सार महसुल छुटमा ल्याउन पाउने भन्सार कार्यालयले जनाएको छ ।

१. व्यक्तिगत प्रयोगको सुनको गहना ५० ग्रामसम्म ५० ग्राम भन्दा थप २०० ग्रामसम्मको सुनका गहनालाई भन्सार महसुल लिई जाँचपास गर्न सकिने र त्योभन्दा बढी परिमाणका सुनका गहना ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने, व्यक्तिगत प्रयोगका सुनका गहना बाहेक अन्य जुनसुकै स्वरूपको सुन अधिकतम १०० ग्रामसम्मलाई भन्सार महसुल लिई जाँचपास गर्न सकिने र त्याेभन्दा बढी परिमाणको सुन ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने ।

२. व्यक्तिगत प्रयोगको ट्याबलेट वा ल्यापटप १ वटा (त्याेभन्दा बढी भएमा भन्सार महसुल लाग्ने) ।

३. व्यक्तिगत प्रयोगको मोबाइल १ वटा (त्याेभन्दा बढी भएमा भन्सार महसुल लाग्ने) ।

४. रक्सी १ लिटरसम्मको बोतल (त्याेभन्दा बढी परिमाणको रक्सी जफत गरिने) ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
21
मनपर्‍यो
खुसी लाग्यो
13
खुसी लाग्यो
दुःख लाग्यो
102
दुःख लाग्यो
रुन मन लाग्यो
12
रुन मन लाग्यो
हाँसो लाग्यो
14
हाँसो लाग्यो
रीस उठ्यो
297
रीस उठ्यो
बिज्ञापन
Back to top button