एमाले अध्यक्षमा पुन केपी ओली
चितवन,मंसिर १४-
नेकपा (एमाले) को अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन । उनले निकटतम प्रतिस्पर्धि डा.भीम रावललाई भारी मतले पराजित गरेका छन । एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले दिएको जानकारी अनुसार अध्यक्ष पदमा केपी शर्मा अोलीले १८०८ मत प्राप्त गरेर बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी भीम रावलले २१३ मत प्राप्त गरेका छन् । औपचारिक घोषणा हुन बाँकी छ ।
चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन्।