आज कतार विरुद्ध इराकको खेल हुँदै

कतारमा आयोजना भैरहेको फिफा अरब कपको समूह चरणको खेलमा कतारले आज इराकसंग खेल्दैछ । अल खोरस्थित अल बायत रंगशालामा राती १० बजे सुरु हुनेछ ।

इराक संग समूह ए मा रहेको कतारले यसअघि बहराइनलाई १ – ० र ओमानलाई २ – १ ले हराएको थियो । दुई खेल खेलिसक्दा कतार समूहको शीर्षस्थानमा बस्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगिसकेको छ ।

यता इराकले आफ्नो पहिलो खेलमा बहराइनसंग गोलरहित बराबरी र ओमान संग १ – १ को बराबरी खेलेको थियो । दुई खेल बाट दुई अंक जोडेको इराक समूहको दोस्रो स्थानमा छ । समूह ए मै रहेको बहराइन र ओमानको समान एक एक अंक छ ।

समूह सी बाट मोरोक्को र समूह डी बाट अल्जेरिया र इजिप्ट क्वाटरफाइनलमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
23
मनपर्‍यो
खुसी लाग्यो
3
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
2
रीस उठ्यो
Back to top button