बिज्ञापन

कतारले इराकलाई हरायो

फिफा अरब कप प्रतियोगिता अन्तर्गत आयोजक कतारले इराकलाई पराजित गरेको छ ।

अल खोरस्थित अल बायत रंगशालामा हिजो भएको खेलमा कतारले इराकलाई शुन्यका विरुद्ध दुई गोलले हराएको हो । कतारको जितका लागि खेलको ८२ औं मिनेटमा अल्मोएज अलि,८४औं मिनेटमा अक्रम अफिफ र अतिरिक्त समयमा कप्तान हस्स्न अल हेडाेसले गोल गरेका थिए ।

कतारसंग उत्कृष्ट प्रदर्शनका बाबजुद अन्तिम समयमा लय गुमाउँदा इराकले हार बेहोर्न पर्यो । हारसंगै इराक प्रतियोगिता बाट बाहिरिएको छ ।

क्वाटरफाइनलमा अब कतारले १० डिसेम्बरको दिन अल बायत रंगशालामा राती १० बजे युएईसंग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
5
मनपर्‍यो
खुसी लाग्यो
68
खुसी लाग्यो
दुःख लाग्यो
4
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
4
हाँसो लाग्यो
रीस उठ्यो
3
रीस उठ्यो
बिज्ञापन
Back to top button