टर्कीका राष्ट्रपति इर्दोगन दोहा आइपुगे
टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगान सोमबार दोहा आइपुगेका छन् । सातौं वार्षिक कतार-टर्की सर्वोच्च रणनीतिक समिति बैठकमा सहभागी हुन इर्दोगन कतार आएका हुन् ।
बैठकमा रक्षा ,संस्कृति ,शिक्षा ,व्यापार लगायत दुई देशबिचको अन्य क्षेत्रमा छलफल गरिनेछ । त्यस्तै सिरिया ,प्यालेस्टाइन ,लिबिया,इराक र अफ्घानिस्तानमा भाइरहेको पछिल्लो अवस्थाबारे पनि छलफल हुने कतारका विदेशमन्त्री शेख मोहाम्म्द अब्दुलरेह्मान अल थानीले बताए ।
बैठकमा दुई देशबीच १२ ज्ञापनपत्रमा हस्ताक्षर गर्ने समेत अपेक्षा गरिएको छ।
कतार आउन अघि राष्ट्रपति इर्दोगनले आफ्नो देशले सबै खाडी देश र आफ्नो लामो समयको सहयोगी कतारसँग सम्बन्ध थप बढाउन चाहेको र प्रयास “धेरै फलदायी तरिकामा” अगाडी बढिरहेको बताएका थिए ।
यता साउदी अरेबियाका राजकुमार मोहम्मद सलमान पनि बुधबार कतार आउने तय भएको छ । तर राष्ट्रपति इर्दोगन र राजकुमार सलमानबिच भेटघाट नहुने कुरा दुबै देशका विदेशमन्त्रीले स्पष्ट पारेका छन् ।
One Comment