पुरानो नोट डिसेम्बर ३१ सम्म मात्र चल्ने

कतारमा पुरानो नोट साट्ने समयसिमा यहि डिसेम्बर ३१ सम्म छ ।
“कतार राष्ट्रिय बैंकको निर्देशन अनुसार चौथो संस्करणको नोट साट्ने म्याद आगामी डिसेम्बर ३१ सम्म रहनेछ । बैंकको शाखा,एटिम,आइटिम र डिपोजिट मेसिनबाट पनि पुरानो नगद सोही दिन सम्म मात्र जम्मा गर्न सकिनेछ ,” कतार नेशनल बैंकले ट्विट गरेको छ।
त्यस्तै दोहा बैंक,क्युआईबी र अल खलिजी लगायत अन्य बैंकले पनि ३१ डिसेम्बर सम्म पुरानो नोट चलनचल्तीमा रहने भन्दै आफ्नो सेवाग्राहीलाई म्यासेज पठाउन सुरु गरिसकेको छ ।
One Comment