विश्वकपका लागि कतारी टिमको घोषणा

अर्को सातादेखि सुरु हुने फिफा विश्वकपका लागि आयोजक कतारले आफ्नो टिम घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक फेलिक्स सान्चेजले युवा खेलाडीलाई विश्वास गरी विश्वकपको अर्को चरण पुग्ने आशाका साथ टिमको घोषणा गरेका छन् । कतार सन् २०१९ को एसियन कप विजेता हो ।

यसपटक टिममा मिडफिल्डर अब्दुल रहमान मुस्तफा समावेश भएनन् । अक्रम अफिफ र अल्मोयज अलि जस्ता युवा स्टारको भरोसामा कतार मैदानमा उत्रनेछ।

समुह ए मा रहेको कतारले २० तारिक हुने उद्घाटन खेलमा इक्वेडर,२५ तारिक सेनेगल र २९ तारिक नेदरल्यान्डसंग खेल्नेछ ।

२६ सदस्यीय टिमको कप्तानी हसन अल हैडाेसले गर्नेछन् ।

कतारी टिम

गोलकिपर
साद अल शीब
मेशाल बर्शिम
युसुफ हसन

डिफेन्डर
पेड्रो मिगुएल
मोसाब खेदार
तारेक सलमान
बसम अल-रवी
बोउलेम खाउखी
अब्देलकरिम हसन
इस्माइल मुहम्मद
हमाम अहमद
जसम जबर

मिडफिल्डर
अली असदल्ला
असिम मादिबो
मोहम्मद वाद
सलेम अल हाजरी
मुस्तफा तारेक
करिम बौदियाफ
अब्दुलअजीज हातम

फरवर्ड

नाइफ अल हधरामी
अहमद अलादीन
हसन अल-हैडोस
अक्रम अफिफ
अल्मोज अली
मोहम्मद मुन्तारी
खालिद मुनीर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
90
मनपर्‍यो
खुसी लाग्यो
15
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
3
रीस उठ्यो
Back to top button