बिज्ञापन

युएईमा सन् २०२२ देखी साढे तीन दिन साप्ताहिक विदा

युनाइटेड अरब इमिरेट्स (युएई)ले साप्ताहिक विदा परिमार्जन गरेको छ। शुक्रबारदेखि आइतबारसम्म लागू हुनेगरी युएई सरकारले साप्ताहिक विदा परिमार्जन गरेको हो ।

त्यहाँको संघीय सरकारले देशभर लागू हुनेगरी साप्ताहिक विदा परिमार्जन गर्ने निर्णय गरेको हो। परिमार्जित नियम सन् २०२२ जनवरी १ देखि लागू हुने अरब न्युजमा खबर छ। परिमार्जित नियमअनुसार शुक्रबार आधा दिन अर्थात् बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म कार्यालय सञ्चालन हुनेछन् भने शनिबार र आइतबार पूर्ण विदा मिल्नेछ।

युएईमा हालसम्म शुक्रबार (आधा दिन) र शनिबार (पूर्ण) साप्ताहिक विदा हुँदै आएको छ। परिमार्जित नियमअनुसार सप्ताहबाहेक सोमबार बिहान ७:३० देखि ३:३० बजेसम्म कार्यालयहरु खुल्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
1
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
11
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button