६३ हजार बढीले हेरे कतार र युएईबिचको खेल

अरब कप प्रतियोगिताको क्वाटरफाइनल अन्तर्गत कतार र युएईबीचको खेल ६३,४३९ जना दर्शकले हेरेका छन् ।

अल बायत रंगशालामा हिजो राती भएको खेलमा कतारले युएईमाथी शानदार जित हात परेको छ । खेलको सुरुवात देखि दबाबमा राखेको कतारले पहिलो हाफमा नै ५ –  ० को नतिजा निकालेको थियो ।

कतारको जितको लागि कतारका लागि अक्रम अफिफको प्रयासमा युएई तर्फ खेलको छैठौं मिनेटमा आत्मघाती गोल भएको थियो । त्यसपछि अल्मोएज अली (२७, ४५+३’), बोउलेम खाउखी (३६’) र अब्दुल अजिज हातम (४४’)ले गोल गरेका थिए ।

कतारले अब प्रतियोगिताकै दाबेदार मानिएका मोरोक्को र अल्जेरियाबीच खेलको विजेता संग १५ डिसेम्बरको दिन अल थुमामा रंगशालामा खेल्नेछ ।

हिजो नै भएको पहिलो क्वाटरफाइनल खेलमा टुनिसियाले ओमानलाई २  -१ ले हराएको छ ।

क्वाटरफाइनलको तेस्रो र चौथो खेलमा आज बेलुका ६ बजे इजिप्ट र जोर्डन र राती १० बजे मोरोक्को र अल्जेरिया सेमिफाइनलका लागि भिड्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
18
मनपर्‍यो
खुसी लाग्यो
10
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
5
रीस उठ्यो
Back to top button