सेमिफाइनलमा कतार अल्जेरिया संग भिड्ने

फिफा अरब कप प्रतियोगिताको सेमिफाइनल खेलमा आयोजक कतारले अल्जेरिया संग भिड्ने पक्का भएको छ । क्वाटरफाइनलमा कतारले युएईलाई ५-० ले हराएको थियो ।
गएराती भएको निकै नै रोमान्चक खेलमा अल्जेरियाले मोरोक्कोलाई पेनाल्टी सुटआउटमा ५-३ ले हराउन सफल भएको थियो ।
खेलको ६२ औं मिनेटमा पाएको पेनाल्टीलाई ब्रहिमीले सदुपयोग गर्दै अल्जेरियालाई अग्रता दिलाएका थिए । त्यसको लगत्तै ६४औं मिनेटमा मोरोक्कोका नहिरीले गोल फर्काउदै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि अतिरिक्त समयमा पुगेको खेलको १०२ औं मिनेटमा अल्जेरियाका बेलैली गोल गर्दै अग्रता फिर्ता ल्याएपनि मोरोक्कोका बेनौनले १११औं मिनेटमा गोल फर्काउदै खेल बराबरीमा पुगेको थियो ।
हिजोको पहिलो खेलमा इजिप्टले जोर्डनलाई ३-१ ले हराएको छ ।
डिसेम्बर १५ देखि सुरु हुने सेमिफाइनलमा टुंनिसियाले इजिप्टसंग स्टेडियम ९७४ मा बेलुका ६ बजे र कतारले अल्जेरियासंग अल थुमामा रंगशालामा राती १० बजे खेल्नेछ ।
One Comment