‘नेशनल डे’ को अवसरमा देशभर कार्यक्रम आयोजना हुने

डिसेम्बर १८ मा पर्ने कतारको राष्ट्रिय दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गर्ने आयोजक समिती क्युएनडीले घोषणा गरेको छ ।

स्थानीय र प्रवासीहलाई सहभागी गराउन गरी यस वर्षको राष्ट्रिय दिवसको कार्यक्रमहरु अल वक्राको पुरानो शुक, एस्पायर पार्क, अल रामी स्पोर्ट्स क्लब र कतार फाउन्डेसन लगायतको स्थानमा आयोजना गरिनेछ ।

दोहाको कर्नेशमा सैनिक परेड ,आताशबाजी,हवाई शो संगै अन्य कार्यक्रम आयोजना हुनेछ । कोरोना महामारीको कारण कार्यक्रम अवधीभर सर्वसाधारणको लागि कर्नेश बन्द हुन सक्नेछ। कार्यक्रम राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष हेर्न सकिन्छ ।

अल खोरस्थित अल बायत रंगशालामा सोही दिन अरब कप प्रतियोगिताको समापन कार्यक्रम पनि हुँदैछ ।

कतारका संस्थापक शेख जसिम बिन मोहम्मद बिन थानीको कविता  ‘एन्सेस्ट्रल मेडोज’ अर्थात विश्वासको मामिलामा आधारित नारा अनुरुप राष्ट्रिय दिवस २०२१ का गतिविधि सञ्चालन हुनेछन् ।

कार्यक्रम आयोजना हुने स्थानमा राखिने विशाल स्क्रिनहरूमा कार्यक्रम प्रत्यक्ष प्रदर्शन गरिनेछ ।  कार्यक्रम स्थलको सौन्दर्य थप्न, राष्ट्रिय स्वाभिमान अभिवृद्धि गर्न र राष्ट्रिय पहिचानलाई आत्मसात गर्ने उद्देश्यले झण्डा वितरण पनि गरिने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
17
मनपर्‍यो
खुसी लाग्यो
56
खुसी लाग्यो
दुःख लाग्यो
8
दुःख लाग्यो
रुन मन लाग्यो
3
रुन मन लाग्यो
हाँसो लाग्यो
3
हाँसो लाग्यो
रीस उठ्यो
3
रीस उठ्यो
Back to top button