कतारमा पनि देखियो कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन

कतारमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ ।
स्वास्थ्य मन्त्रालयले ओमिक्रोन संक्रमण चार जनामा भेटिएको पुष्टि गरेको हो । संक्रमित व्यक्तिहरु अन्य देश बाट आएकाहरु हुन्। उनीहरुलाई अहिले आइसोलेसनमा राखिएको छ । संक्रमित व्यक्तिमा कुनै प्रकारको लक्षण नदेखिएको बताइएको छ। पहिलो पटक दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन अहिले ७० भन्दा बढी मुलुकमा फैलिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
1
मनपर्यो
6
खुसी लाग्यो
113
दुःख लाग्यो
9
रुन मन लाग्यो
3
हाँसो लाग्यो
12
रीस उठ्यो
One Comment