फिफा अरब कप २०२१ को उपाधि अल्जेरियाले जित्यो

अल्जेरियाले फिफा अरब कप २०२१ को उपाधि जितेको छ ।

कतारमा नोभेम्बर ३० देखि सुरु भएको प्रतियोगिता अन्तर्गत आज भएको फाइनल खेलमा अल्जेरियाले टुनिसियालाई २-० गोल अन्तरले हराएको छ ।

निर्धारित ९० मिनेटको दुबै टिम बाट गोल हुन नसकेपछि खेल एक्स्ट्रा टाईममा पुगेको थियो । अल्जेरियाको जितको लागि ९९औं मिनेटमा सेयुदले र १२५ औं मिनेटमा ब्रहिमीले गोल गरेका थिए ।

अल्जेरियाले पहिलोपटक अरब कपको प्रतियोगिता जितेको हो ।

यता आजै तेस्रो स्थानका लागि भएको खेलमा कतारले इजिप्टलाई पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
12
मनपर्‍यो
खुसी लाग्यो
63
खुसी लाग्यो
दुःख लाग्यो
10
दुःख लाग्यो
रुन मन लाग्यो
9
रुन मन लाग्यो
हाँसो लाग्यो
11
हाँसो लाग्यो
रीस उठ्यो
12
रीस उठ्यो
Back to top button