बिज्ञापन

अवैध भिसा व्यापार गरे ३ वर्ष जेल सजाय र ५० हजार रियाल जरिवाना

कतारमा विभिन्न कारणले भिसाको नियम उल्लंघन भै अवैध भएका आप्रवासीहरुका लागि कानूनी हैसियत संशोधन गरि नियमित गर्ने अवधि यहि डिसेम्बर ३१ सम्म रहेको छ । मन्त्रालयले गत अक्टोबर देखि सुरु गरेको अभियान यता हालसम्म २० हजार बढीले निवेदन पेश गरिसकेको मन्त्रालयले बताएको छ ।

आप्रवासीको आगमन ,प्रस्थान र उनीहरुको आवास नियमन गर्ने सन् २०१५ को कानून नम्बर २१ उल्लंघन गरि बस्नेहरुका लागि मन्त्रालयले आज आयोजना गरेको वेबिनारमा उक्त जानकारी दिएको हो । वेबिनारमा विभिन्न समुदायका २८० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो ।

एकीकृत सेवा विभागका क्याप्टेन मोहम्मद अली अल अल रशीद र सर्च एन्ड फलो अप विभागका लेफ्टिनेन्ट अहमद अब्दुल्लाह अल मारी ।

कार्यक्रममा बोल्दै एकीकृत सेवा विभागका क्याप्टेन मोहम्मद अली अल अल रशीद र सर्च एन्ड फलो अप विभागका लेफ्टिनेन्ट अहमद अब्दुल्लाह अल मारीले नियम उल्लंघन गर्नेहरुलाई बिना जरिवाना घर फर्कन वा ५० प्रतिशतमात्रै जरिवाना तिरेर कानूनी हैसियत नियमित गरि मौकाको फाइदा लिन आग्रह गरेका छन्  ।

आईडी राखे २५ हजार रियाल जरिवाना

आन्तरिक मन्त्रालयले आवासीय अनुमतिपत्र (आईडी) बनाउने वा त्यसको नवीकरण गर्ने प्रक्रिया पूरा गरेपछि  कामदारलाई राहदानी फिर्ता गर्न रोजगारदातालाई आग्रह गरेको छ ।

आईडीको प्रक्रिया पूरा गरेपछि पनि रोजगारदाताले राहदानी आफैसंग राखे प्रति व्यक्ति २५ हजार रियाल सम्म जरिवाना हुनसक्ने मन्त्रालयले बताएको छ । त्यस्तै म्याद सकिएको ९० दिन भित्र आईडी नवीकरण नगरिदिए रोजगारदातालाई प्रति व्यक्ति १० हजार रियाल जरिवाना हुने मन्त्रालयले जनाएको छ ।

अवैध भिसा व्यापार

अवैध भिसा व्यापार गर्नेलाई ३ वर्ष जेल सजाय र ५० हजार रियाल (पहिलोपटक) र दोहोर्‍याए १ लाख रियाल सम्म जरिवाना हुने मन्त्रालयले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
31
मनपर्‍यो
खुसी लाग्यो
129
खुसी लाग्यो
दुःख लाग्यो
8
दुःख लाग्यो
रुन मन लाग्यो
10
रुन मन लाग्यो
हाँसो लाग्यो
10
हाँसो लाग्यो
रीस उठ्यो
8
रीस उठ्यो
बिज्ञापन
Back to top button