मंगलबार सम्म कडा हावाहुरी

आज अपरान्हबाट मंगलबार सम्म देशैभर कडा पश्चिमोत्तरीय वायु चल्ने कतारको मौसम विभागले जानकारी दिएको छ । वायुको गति शनिबार सम्म ३३ देखि ४६ कि.मी प्रति घन्टा बिच रहनेछ र समुन्द्री छाल ६ देखि १० फिट सम्म उठ्नेछ ।
आइतबार देखि भने पश्चिमोत्तरीय वायुको गति बढेर ७० कि.मी प्रति घन्टा सम्म पुग्नेछ ।साथै त्यस समयमा प्रत्यक्षता घटेर २ किलोमिटर भन्दा कम रहने र समुन्द्री छाल १२ फिट सम्म उठ्ने रिर्पोटमा उल्लेख छ ।त्यस्तै उच्च तापक्रम ४५ डिग्री बिच रहनेछ ।
मौसम विभागले यस समयमा समुन्द्री क्रियाकलाप नगर्न सर्वधारणलाई सावधानी समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो