कतारले विश्वकपको तयारीमा खटिएका कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने

आउदो सन् २०२२ मा बिश्वकप फुटबलको आयोजना गर्न लागेको कतारले, कतार स्थित ‘वेल कर्नेल मेडिकल कलेज’का स्वास्थ्य विशेसज्ञसँग मिलेर कामदारहरूको स्वास्थ्य र उनीहरूले खाने खानाको परीक्षण गर्ने भएको छ । पहिलो चरणमा करिब एक हजार (१०००) जना कामदारहरूको स्वास्थ्य परीक्षण गरिने भएको हो । यसबाट विश्वकपको तयारीमा काम गरिरहेका विभिन्न नेपालीहरूलाई पनि फाइदा हुनेछ ।
परीक्षण किन गर्न लागिएको हो ?
- कामदारहरू आफ्नो स्वास्थ्यप्रति खासै ध्यान नदिने कारणले गर्दा विभिन्न स्वास्थ्य समस्या देखापर्ने गरेको छ । अव्यवस्थित जीवन-यापन, तथा खानपानमा त्यति ध्यान नदिने कारणले धेरै नेपालीको विदेशमा मृत्यु हुने गरेको छ । मृत्यु हुनेहरूमा धेरै जसोको हृदयघातको कारणले मृत्यु हुने जनाइएको छ । यस्तो समस्या समाधान गर्न ।
- यस्तो कार्यक्रमले कतारमा निर्माणकार्यमा काम गर्ने कामदारहरूको अनौठो तरिकाले मृत्यु हुने समस्यालाई पनि समाधान गर्न मद्दत गर्ने छ । अल जजिराको गत डिसेम्बरको एक रिपोर्ट अनुसार कतारमा बढ्दो सङ्ख्यामा नेपाली कामदारहरूको सुतेकै अवस्थामा र हृदयघातबाट मृत्यु हुने गरेको जनाएको थियो ।
- धेरै जसो कामदारहरूमा देखिने सामान्य स्वास्थ्य समस्या जस्तै : उच्च रक्तचाप, मधुमेह, झाडा वान्ता आदिका कारणले शरीरमा पानीको कमी हुने जस्ता समस्या पहिचान गरेर, पोषणयुक्त खानेकुराले कामदारहरूको स्वास्थमा कतिको सहयोग गर्छ भन्ने बारेमा थाहा पाउन
- यो परिक्षणपछी पोषण युक्त खानेकुरा सम्बन्धमा कामदारबीच गरिेने जनचेतनाको कार्यक्रम लाई सहयोग गर्न ।
- ठेकेदारहरूसँग मिलेर क्यान्टिनमा पनि पोषणयुक्त खानेकुराहरूको बन्दोबस्त मिलाउने योजना सफल पार्न
के कारणले कामदारहरूको स्वास्थ्यमा समस्या आइरहेको हो ?
- संयुक्त राष्ट्र सङ्घले यसको मुख्य कारणहरू यस्तो हुन सक्ने बताएको छ
- अव्यवस्थित रहनसहन
- जोखिमपूर्ण कामहरू गर्दा त्यसले निम्त्याउने दुर्घटना
- काम गर्दा स्वास्थ्यको ख्याल नगर्ने प्रवृति
- स्वास्थ संस्थामा पहुँच नहुनु