राष्ट्रिय दिवसको दिन दुव्र्यवहार गर्ने समूह पक्राउ
एक पार्कमा हिड्दै गरेको परिवारलाई दुव्र्यवहार गर्ने समूहलाई कतार प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रिय दिवसको दिन एक पार्कमा हिडिरहेको परिवारलाई फोम छर्केको भिडियो सामाजिक सन्जालमा भाइरल भएसंगै त्यसको चौतर्फी विरोध भएपछि आन्तरिक मन्त्रालयले अनुसन्धान सुरु गरेको थियो ।
भिडियोमा दुई जनाले हिड्दै गरेको परिवारलाई फोमको स्प्रे छरेर भाग्दै गरेको र एकले सवारीको माथि बसेर भिडियो खिचेको देख्न सकिन्छ ।
وزارة الداخلية في بيان عبر حسابها تعلن القبض على من قام بالتعدي والتحرش بالمشاة وأعمارهم بين ١٢-١٥ سنة تم التحفظ على أسمائهم لصغر سنهم فقط وتم إحالتهم للجهات المختصة. وتحذر من أي اعتداء على حرية الناس والتحرش بهم سيقابل بنشر أسماء وصور بالمستقبل. https://t.co/emQiNylgJ8
— حمد القحطانيHAMAD ?? (@hamdanqtr55500) December 21, 2021
१२ देखि १५ वर्ष बिचका ती अभियुक्त नाबालक भएको कारण उनीहरुको नाम नखुलाइएको मन्त्रालयले बताएको छ ।
देशमा सामाजिक सुरक्षा कायम गर्न, विशेष गरी त्यस्ता आक्रमणका घटनाहरु विरुद्ध अभियुक्तको नाम सहित सार्वजनिक गरि आवश्यक कदम चाल्न मन्त्रालय नहिचकिचाउने बताएको छ ।