आज २४८ जनामा भाइरस देखियो

आज कोरोना संक्रमितको संख्या केहि बढेको छ ।
गत चौबिस घण्टामा देशभर थप २४८ जनामा कोरोना भाइरस संक्रमण र १४६ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये २१३ जना स्थानिय र ३५ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,४७,५१७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार २२,४८२ जनालाई परिक्षण गरिएको थियो ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
हालसम्म जाँच भएको संख्या : ३१,३२,११४ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – १३७ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – १३ जना
निको हुनेको संख्या : २,४४,४६२
आज सम्म खोप वितरण : ५१,४९,१७३
बुस्टर डाेज खोप वितरण : २,२९,५९०
आजको खोप वितरण : ७,७१८
निको हुन बाँकीको संख्या : २,४४१
ज्यान जानेको संख्या : ६१४ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
One Comment