प्रतिबन्धित औषधि बोक्ने एक जना हमाद विमानस्थलमा समातिए

हमाद अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार विभागले एक यात्रुबाट प्रतिबन्धित औषधिको १५० चक्की बरामद गरेको छ ।
विभागले सामान चेकजाँच गर्दा कार्टून भित्र राखेर ल्याईएको अवस्थामा ती व्यक्ति बाट थुप्रै औषधि संगै केहि लागूऔषध समेत फेला परेको थियो ।
विभागले ती व्यक्तिको नाम र राष्ट्रियता खुलाएको छैन ।
कतारमा प्रतिबन्धित औषधि नल्याउन र आफुलाई चाहिने आवश्यक औषधि ल्याउदा डाक्टरको स्वीकृति भएको प्रमाण साथमा बोक्न विभागले आग्रह गरेको छ ।
One Comment