घरेलु कामदार तस्करी गर्ने एक जना पक्राउ

राहदानी महानिर्देशनालयको खोज तथा अनुगमन विभागले घरेलु  कामदार तस्करी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

आन्तरिक मन्त्रालयले आफ्नो ट्विटर पेजमा दिएको जानकारी अनुसार अफ्रिकी मुलका ती व्यक्तिले आफ्नै राष्ट्रियता भएका घरेलुु कामदारलाई राम्रो कामको लोभ देखाएर काम गरिरहेको स्थानबाट भाग्न लगाएर अल सलाता क्षेत्रको एक भाडाको घरमा लुकाउने गरेका थिए । उनलाई पक्राउ गर्दा भागेका १५ जना घरेलु कामदार सोही घरमा भेटिएको थियो।

अभियुक्तलाई तस्करी मुद्दा सुरु गर्न अहिले हिरासतमा राखिएको छ ।

अवैध कामदारसँग व्यवहार नगर्न मन्त्रालयले सबैमा आग्रह समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
6
मनपर्‍यो
खुसी लाग्यो
15
खुसी लाग्यो
दुःख लाग्यो
6
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
3
हाँसो लाग्यो
रीस उठ्यो
2
रीस उठ्यो
Back to top button