नेपाल पहिलोपटक ब्लाइन्ड क्रिकेट टी-२० विश्वकपको सेमिफाइनलमा

काठमाडौं,मंसिर १६-

नेपाल पाकिस्तानमा जारी ब्लाइन्ड क्रिकेट (दृष्टिविहीनको क्रिकेट) टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ६ देश सहभागी विश्वकपको लिगमा चौथो स्थानमा रहँदै नेपाल पहिलोपटक सेमिफाइनल पुगेको हो । नेपालले आइतबार हुने सेमिफाइनलमा घरेलु टोली पाकिस्तानको सामना गर्दैछ । लिगमा शीर्षस्थानमा रहँदै पाकिस्तान अन्तिम चारमा पुगेको हो ।

पाकिस्तानले लिग चरणमा नेपाललाई १० विकेटले पराजित गरेको थियो । लिग चरणमा नेपाल पाकिस्तानसँगै श्रीलंका र बंगलादेशसँग पराजित भएको थियो । दक्षिण अफ्रिका र अफगानिस्तानलाई भने हराएको थियो । नेपालसँग पराजित दक्षिण अफ्रिका र अफगानिस्तान लिग चरणबाटै बाहिरिएका छन् ।

सुरुमा ७ टोलीको सहभागिता रहने भनिएपनि भारत अन्तिम समयमा पाकिस्तान नगएपछि ६ टोलीले विश्वकप खेलेका हुन् । नेपालले सन् २०१२ देखि ब्लाइन्ड क्रिकेट विश्वकपमा सहभागिता जनाउँदै आएको छ । यसअघि नेपालले तीन संस्करणका विश्वकप खेले पनि सेमिफाइनलसम्म पुग्न सकेको थिएन ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button