कोभिड-१९ खोपको म्याद ९ महिनासम्म मात्र रहने

कोभिड -१९ विरुद्ध खोपको म्याद ९ महिना सम्मका लागि मात्र रहने स्वास्थ्य मन्त्रालयले बताएको छ ।
दोस्रो डाेज खोप लगाएको ६ महिनापछि भाइरस संक्रमणबाट प्रतिरोधात्मक क्षमता घट्न थाल्ने स्पष्ट प्रमाण रहेको कारण खोपको म्याद कम गरिएको मन्त्रालयले बताएको छ । यसअघि खोपको म्याद १२ महिनाको थियो ।
कतारमा एस्ट्राजेनेका ,फाइजर र मोडर्नाको दुबै डाेज खोप लगाएको ९ महिनापछि एह्तेराज एपमा हुने गोल्डेन बक्स पनि हराएर जाने र खोप नलगाए सरह नै मानिनेछ । फेब्रुअरी १ देखि यो नियम लागू हुने मन्त्रालयले बताएको छ ।
एपमा गोल्डेन बक्स यथावत राख्न बुस्टर डाेज लगाउनु पर्नेछ र यसको म्याद अर्को ९ महिना सम्म रहनेछ ।
One Comment