मास्क नलगाउने ३३४ जना कारबाहीमा परे

मास्क नलगाउने ३३४ जना कारबाहीमा परेका छन् ।
आन्तरिक मन्त्रालयले सार्वजनिक स्थलमा मास्क नलगाई हिड्ने थप ३३४ जनालाई कारबाही गरेको बताएको छ । त्यस्तै मोबाइलमा एह्तेराज एप प्रयोग नगर्ने २ जना पनि कारबाहीमा परेका छन् ।सरकारले खुला स्थानमा मास्क लगाउन नपर्ने नियम ल्याएपनि भिडभाड हुने सार्वजनिक स्थलामा मास्क अझै अनिवार्य रहेको छ ।
केही दिन यता कोरोना संक्रमितको संख्या बढे संगै चेकजाँच कडा पारिएको छ । त्यस्तै शुक्रबारदेखि लागू हुनेगरी सम्पुर्ण स्थानमा मास्क अनिवार्य गरिएको छ ।
मास्क नलगाएको भेटिए तीन हजार रियाल सम्म जरिवाना तोकिएको छ ।
कोरोनाभाइरसको फैलावट रोक्न सावधानी तथा रोकथामकारी निर्णयहरूको पालना गर्न मन्त्रालयले सम्पूर्ण नागरिकलाई आग्रह गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
42
मनपर्यो
5
खुसी लाग्यो
12
दुःख लाग्यो
4
रुन मन लाग्यो
5
हाँसो लाग्यो
10
रीस उठ्यो