आज ७४१ जनामा कोरोना भाइरस देखियो ,थप एकको मृत्यु

कतारमा कोरोना संक्रमितको संख्या केहि दिन देखि उकालो लागेको छ ।

गत चौबिस घण्टामा देशभर थप ७४१ जनामा कोरोना भाइरस संक्रमण र ६८ वर्षिय व्यक्तिको मृत्यु भएको छ । त्यस्तै १८२ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज भाइरस देखिएका मध्ये ५३३ जना स्थानिय र २०८ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,५०,५२८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार २९,९७८ जनालाई परिक्षण गरिएको थियो ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक  

हालसम्म जाँच भएको संख्या : ३१,७४,४३३ जना

अस्पतालमा उपचार भैरहेका जम्मा – २५६ जना

आईसीयुमा उपचार भैरहेका जम्मा – २५ जना

निको हुनेको संख्या : २,४५,५३०

आज सम्म खोप वितरण : ५२,०५,६६४

बुस्टर डाेज खोप वितरण : २,७४,५८५

आजको खोप वितरण : १२,२३३

निको हुन बाँकीको संख्या : ४,३८०

ज्यान जानेको संख्या : ६१८ जना

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।     

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
1
मनपर्‍यो
खुसी लाग्यो
1
खुसी लाग्यो
दुःख लाग्यो
37
दुःख लाग्यो
रुन मन लाग्यो
5
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
6
रीस उठ्यो
Back to top button