कोभिड-१९ को परिक्षण कहाँ गर्ने ?

कतारमा कोभिड-१९ को परिक्षण अस्तव्यस्त बनेपछि स्वास्थ्य मन्त्रालयले नयाँ नीति जारी गरेको छ ।

औषधि पसलमा पाइने रोचेको डायग्नोस्टिक्सको घरेलु परिक्षण किट gmBH को मन्त्रालयले ३५ र अन्य कम्पनीको किटलाई २५ रियाल निर्धारण गरेको छ ।

र्यापिड एन्टिजेन परिक्षणलाई स्वीकृति दिदै मन्त्रालयले कसले के परिक्षण गर्ने बारे विस्तृत जानकारी दिएको छ ।

र्यापिड एन्टिजेन परिक्षण

कोभिड संक्रमितको शरीरमा विकास हुने एन्टिबडीसँगै पीसीआरले झैँ जीवाणु छ कि छैन भनेर पत्ता लगाउन र्‍यापिड टेस्ट किटमार्फत गरिने परीक्षणको विधीलाई  र्यापिड एन्टिजेन परिक्षण भनिन्छ  । यसको ‘सेन्सिटिभिटी’ राम्रो रहेकाले यो परीक्षण विश्वसनीय मानिन्छ ।

निजि

देशभरको १०० भन्दा बढी निजि स्वास्थ्य संस्थामा यो विधीबाट परिक्षण गरेको शुल्क ५० रियाल लाग्नेछ र नतिजा १५ मिनेटमा आउनेछ ।

पिएचसिसि

देशभरका २८ वटा पिएचसिसि केन्द्रमा यो विधीबाट परिक्षण गरेको शुल्क ५० रियाल लाग्नेछ । शंका लागेका बिरामीलाई भने सेवा निशुल्क रहेको छ । यसको नतिजा दुई घन्टा भन्दा कम समयमा आउनेछ र एह्तेराज एपमा अपडेट आउन चार घन्टाको समय लाग्नेछ ।

क-कसले गर्ने ?

– देशभित्र रहेका ५० वर्ष भन्दा कम उमेर समुहका भाइरसको लक्षण भएका व्यक्ति ।

– भाइरस लागेका व्यक्तिसंग सम्पर्कमा आएका ५० वर्ष भन्दा कम उमेर समुहका व्यक्ती ।

– अन्य देशबाट कतार फर्केका व्यक्ति ।

– नतिजा पोजेटिभ आए पिसिआर गर्न नपर्ने ।

पिसिआर परिक्षण

कतार बाट अन्य देशमा यात्रा गर्न लागेका व्यक्तिले पिसिआर परिक्षण गर्नुपर्नेछ ।

निजि
देशभरका एक सय भन्दा बढी निजि स्वास्थ्य संस्थामा पिसिआर परिक्षण १६० रियाल शुल्कमा गर्न सकिन्छ ।

पिएचसिसि
देशभरका २८ वटा पिएचसिसि केन्द्रमा सबै उमेर समुहका व्यक्तिले पिसिआर परिक्षण निशुल्क गर्न सकिन्छ । नतिजा ढिला आउनसक्ने हुँदा कतार बाहिर यात्रा गर्नेको लागि यहाँ परिक्षण गर्न उपयुक्त हुँदैन ।

ड्राइभ थ्रु सेन्टर

कतार बाहिर यात्रा गर्ने व्यक्तिले लुसेल सर्किट नजिकै रहेको ड्राइभ थ्रु सेन्टर बाट पिसिआर परिक्षण १६० रियालमा गर्न सक्नेछन् । त्यहाँ परिक्षण गर्दा नतिजा २४ घन्टा भित्र आउनेछ ।

सिद्रा मेडिसिन

 

– एपोईन्टमेन्ट लिनुपर्ने । एपोईन्टमेन्टको फारम भर्न यहाँ थिच्नुहोस ।

– १६० रियाल (सिमित व्यक्ति ) नतिजा १८ देखि २४ घण्टा भित्र आउने ।

– ३०० रियाल, १८ घण्टा भित्र नतिजा आउने ।

– ६०० रियाल, ४ घण्टा भित्र नतिजा आउने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
84
मनपर्‍यो
खुसी लाग्यो
196
खुसी लाग्यो
दुःख लाग्यो
38
दुःख लाग्यो
रुन मन लाग्यो
15
रुन मन लाग्यो
हाँसो लाग्यो
16
हाँसो लाग्यो
रीस उठ्यो
29
रीस उठ्यो
Back to top button