आज थप ३,४८७ जनामा कोरोना भाइरसको संक्रमण

कतारमा कोरोना संक्रमितको संख्या केहि दिन देखि तिब्रताको साथ उकालो लागेको छ ।
आज देशभर थप ३,४८७ जनामा कोरोना भाइरस संक्रमण र ४११ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये २,७९४ जना स्थानिय र ६९३ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,६६,९६२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ३६,२३८ जनालाई परिक्षण गरिएको थियो ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पतालमा उपचार भैरहेका जम्मा – ५३२ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ४८ जना
निको हुनेको संख्या : २,४७,५५३
आज सम्म खोप वितरण : ५२,७५,६५९
बुस्टर डाेज खोप वितरण : ३,३१,४३७
आजको खोप वितरण : ७,१०९
निको हुन बाँकीको संख्या : १८,७९१
ज्यान जानेको संख्या : ६१८ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
One Comment