बिज्ञापन

कतारमा छायांकन भएको गीत “फतौरी कान्छी” सार्वजनिक

तामाङ गीत संगित युट्युब तथा टिकटक मार्फत बजारमा आउने क्रम बढ्दो छ । यहि क्रम संगै अहिलेका चर्चित गायक तथा संगितकार बिशाल काल्तान र  गायिका जितु लोप्चनको स्वरमा रहेको गित ” फतौरि कान्छि ” तामाङ गीत म्युजिक भिडियोका साथ युट्युबमा रिलिज भएको छ ।

अंग्रेजि नयां बर्ष २०२२ को अबसर पारेर रिलिज गरेको गितको म्युजिक भिडियो भने कतारमा छयांकन गरेको हो । तामाङ चलचित्रका एक समयका चर्चित नायक जंगे लोप्चनले यस गित लाई निर्देशन गरेका छन । नायक लोप्चन हाल कतारमा छन ।

कतारको बिभिन्न रमणीय ठाउंहरु लुसैल, कर्नेस, सिमसिमा र अल घरियामा छयांकन गरेको यस गितमा निर्देशक तथा कलाकार भबिन्द्र तामाङ , उर्मिला लामा  , गणेश लामा , सृष्टि लामा  लगायत साथिहरुको अभिनय रहेको छ ।

समिर तामाङ र सम्झाना तामाङ निर्माता रहेको यस गितको शब्द संगित बिशाल काल्तानकै रहेको छ भने जेनेरिक स्टुडियोमा रेकर्ड गरेको यस गितको एरेन्ज चांद सिं र मिक्सिङ दिपेश प्रधानले गरेका हुन ।

गायक बिशाल काल्तानको अर्को ” गादे जेबा छामे ” बोलको नयां गित पनि केहि दिन पछि म्युजिक भिडियोका साथ बिशाल काल्तान च्यानलबाट आउने गायक काल्तानले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
17
मनपर्‍यो
खुसी लाग्यो
14
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button