कतार घुम्न अब ८० देशको नागरिकलाई नि:शुल्क भिषा

कतारले ८० देशका पर्यटकहरुलाई निःशुल्क भिषा दिने योजना अघि ल्याएको छ।बेलायत,भारत, अमेरिका, क्यानडा,दक्षिण अफ्रीका,न्यूजील्याण्ड,अष्ट्रेलिया लगायतका ८० देशको नागरिकहरुलाई निःशुल्क भिषा दिने व्यवस्था गरेको हो। तर उक्त सूचीमा नेपाल भने परेको छैन।

कतार घुम्न चाहने ती देशका नागरिकहरूले अब भिषाको लागि कुनै निवेदन वा शुल्क तिर्नु पर्नेछैन। पर्यटकले कम्तिमा पनि ६ महिनाको म्याद भएको वैधानिक राहदानी र टिकट देखाई कतार प्रवेश गर्ने क्रममा दोहोरो अधित्याग पत्र पाउनेछन्।

छुट्याइएको देशको आधारमा पर्यटकले पाउने १८० दिने अधित्यागले दोहोरो प्रवेशमा ९० दिन कतार बस्न पाउनेछन् भने ३० दिने अधित्याग पाउने पर्यटकले ३० दिनको थप अवधि बढाउने मिल्नेगरि दोहोरो प्रवेशमा ३० दिन कतार बस्न पाउनेछन्।

आगमनको क्रममा पर्यटकलाई दिईने निःशुल्क भिषाको योजनाले कतार अहिले खाडी क्षेत्रकै खुला राष्ट्र भएको छ।हाम्रो प्रसिद्ध सांस्कृतिक सम्पदा,अतिथि सत्कारका साथै प्राकृतिक भण्डारको अवलोकन गर्न आउने पर्यटकहरुको निमन्त्रणा गर्न हामी खुसी रहेको कतार पर्यटन बोर्डका प्रमुख हासन अल इब्राहिमले बताएका छन्।

गत सालको नोभेम्बरमा पनि कतारले यहाँ ५ घण्टा भन्दा बढी ट्रान्जिट पर्ने सबै देशको इच्छुक यात्रुहरुलाई ९६ घण्टा निःशुल्क भिषाको योजना ल्याएको थियो।

१८० र ३० दिने अधित्याग पत्र पाउने देशहरूको सूची तल दिइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button