आज थप ४,१२३ जनामा कोरोना भाइरसको संक्रमण देखियो

कतारमा कोरोना संक्रमितको संख्या केहि दिन देखि तिब्रताको साथ उकालो लागेको छ ।
आज देशभर थप ४,१२३ जनामा कोरोना भाइरस संक्रमण र १,१२३ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये ३,६८३ जना स्थानिय र ४४० जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,९१,२१४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ३९,१६५ जनालाई परिक्षण गरिएको थियो ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पतालमा उपचार भैरहेका जम्मा – ६३१ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ७३ जना
निको हुनेको संख्या : २,५३,४१३
आज सम्म खोप वितरण : ५४,०३,२७१
बुस्टर डाेज खोप वितरण : ४,४७,४२९
आजको खोप वितरण : ३१,०४९
निको हुन बाँकीको संख्या : ३७,१७८
ज्यान जानेको संख्या : ६२३ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
One Comment