निजि क्षेत्रका कम्पनीले थप तीन महिना सहयोग पाउने

अमिर शेख तमिम बिन हमाद अल थानीको निर्देशनमा कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न लगाईएको प्रतिवन्ध बाट प्रभावित निजि क्षेत्रका कम्पनीलाई ७५ बिलियन रियाल आर्थिक प्रोत्साहन गर्ने अभियानको समय कतार सरकारले थप तीन महिनाको लागि बढाएको छ ।

सरकारको अभियान अनुसार कोरोना भाइरस बाट अतिप्रभावित निजि क्षेत्रका कम्पनीहरुलाई आगामी तीन महिनाको भाडा र कामदारलाई तलब तिर्नका लागि निशुल्क ऋण सहयोग हुनेछ । स्थानिय बैंकहरु बाट दिइने ऋणका लागि कतार विकास बैंक जमानत बसिदिनेछ । कम्पनीले ऋण बिना व्याज तीन वर्ष भित्र तिर्नुपर्नेछ ।

प्रधानमन्त्री तथा आन्तरिकमन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल-थानीको नेतृत्वमा अमिर दिवानमा आज आयोजित नियमित मन्त्रिपरिषद्को बैठकमा भएको निर्णयहरु यस्तो छ :

१. खाद्यन्न र औषधि सामग्रीमा भन्सार शुल्कको छुट थप तीन महिनासम्म जारी रहनेछ । उक्त सामानको भाउ बढाउन नपाउने ।

२. आतिथ्य र पर्यटन क्षेत्र, खुद्रा क्षेत्र, साना तथा मझौला उद्योग क्षेत्र, सेवा दिने कम्प्लेक्स क्षेत्रमा पानी र बिजुलीको महशुलमा थप तीन महिना छुट हुने ।

३. लजिस्टिक्स क्षेत्र,साना तथा मझौला उद्योगको भाडामा थप तीन महिना छुट हुने ।

४. कतार वाणिज्य बैंकले व्यवस्थापन गरेको राष्ट्रिय ग्यारेन्टी कार्यक्रमको योजनाको बजेट थप तीन महिना विस्तार गर्न ३ मिलियन बाट ५ मिलियन रियालसम्म पुर्याईनेछ । कतार विकास बैंकले यसको लागि आवश्यक नियन्त्रण र सर्तहरू जारी गर्नेछ ।

५. म्याद सकिएको कम्पनीको इजाजत पत्र पछि तिर्ने गरि थप तीन महिनाको लागि स्वत नविकरण हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button