आज थप ३,२०४ जनामा कोरोना भाइरसको संक्रमण देखियो

कतारमा कोरोना संक्रमितको संख्या ओरालो लाग्न थालेको छ ।

आज देशभर थप ३,२०४ जनामा कोरोना भाइरस संक्रमण र ४,०७२ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज भाइरस देखिएका मध्ये २,७७२ जना स्थानिय र ४३२ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ३,१७,२२७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार २९,०१४ जनालाई परिक्षण गरिएको थियो ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक  

अस्पतालमा उपचार भैरहेका जम्मा – ५२२ जना

आईसीयुमा उपचार भैरहेका जम्मा – १०६ जना

निको हुनेको संख्या : २,७५,८१३

आज सम्म खोप वितरण : ५५,८३,६४७

बुस्टर डाेज खोप वितरण : ६,०६,८७९

आजको खोप वितरण : ३९,८०८

निको हुन बाँकीको संख्या : ४०,८३२

ज्यान जानेको संख्या : ६३२ जना

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।     

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
2
खुसी लाग्यो
दुःख लाग्यो
5
दुःख लाग्यो
रुन मन लाग्यो
3
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
Back to top button