"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कोभिड-१९ विरुद्धको खोप लगाउन कहाँ जाने ,के गर्ने ?

कतारले कोभिड-१९ विरुद्धको खोप वितरणमा यतिखेर तिब्रता दिएको छ ।

यसै महिनामा व्यावसाय र उद्योग क्षेत्रको कर्मचारीको लागि खुलेको कतार खोप केन्द्रले दैनिक ३० हजार भन्दा बढी खोप वितरण गरिरहेको छ । अपोइन्टमेन्टको आधारमा मात्र संचालित खोप केन्द्रमा बुस्टर डाेजलाई प्राथमिकता राखेर पहिलो र दोस्रो डाेजको खोप समेत वितरण भैरहेको छ ।

खोप लगाउन कहाँ जाने  ?

 

१. पिएचसिसि हेल्थ सेन्टर

आफ्नो नाम दर्ता भएको पिएचसिसि हेल्थ सेन्टरमा जानुहोस । नाम दर्ता भए नभएको बारे बुझ्न वा अपोइन्टमेन्ट लिन ४०२७७०७७ मा सम्पर्क गर्नुहोस ।

२. बु गार्न खोप केन्द्रमा

खोप केन्द्रमा पहिले अपोइन्टमेन्ट लिनुपर्नेछ । आफ्नो नाम , आईडी नम्बर ,हेल्थ कार्ड नम्बर र पछिल्लो खोप लगाएको मिति लगायतको विवरण लेखेर qvc@hamad.qa मा इमेल गर्नुहोस । इमेल कम्पनीले गर्दा छिटो अपोइन्टमेन्ट पाइनेछ । अपोइन्टमेन्ट पाएपछि खोप केन्द्रले खोप लगाउने मिति, गेट पास र लोकेसन पठाउनेछ ।

खोप लगाउन आईडी नम्बर ,हेल्थ कार्ड ,राहदानी वा फोटो मध्ये कुनै एक हुनुपर्नेछ र खोप लगाउन मिनि बस वा बसमा जानुपर्नेछ । खोप केन्द्र जाद एह्तेराज एपमा हरियो कोड र माक्स अनिवार्य रहेको छ ।

कोभिड संक्रमण भएको एक महिना भित्र खोप लगाउन पाइँदैन । थप जानकारीको लागि हटलाइन नम्बर ४०२५१२३८ / ४०२५१३३१ र ४०२५१३३२ मा सम्पर्क गर्न सकिन्छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
11
मनपर्‍यो
खुसी लाग्यो
31
खुसी लाग्यो
दुःख लाग्यो
4
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
11
रीस उठ्यो
बिज्ञापन
Back to top button