आज २,७४८ जनामा कोरोना भाइरस संक्रमण,थप दुई जनाको मृत्यु

कतारमा कोरोना संक्रमितको संख्या ओरालो लाग्न थालेको छ ।
आज देशभर थप २,७४८ जनामा कोरोना भाइरस संक्रमण र ४,०८३ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
भाइरसको कारण आज ९७ र ७४ वर्षिय व्यक्तिको ज्यान गएको छ ।
आज भाइरस देखिएका मध्ये २,२९७ जना स्थानिय र ४५१ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ३,२६,०९३ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार २९,००४ जनालाई परिक्षण गरिएको थियो ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पतालमा उपचार भैरहेका जम्मा – ४४४ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ९० जना
निको हुनेको संख्या : २,८९,१६४
आज सम्म खोप वितरण : ५६,२१,३३२
बुस्टर डाेज खोप वितरण : ६,४२,४१७
आजको खोप वितरण : ३२,११८
निको हुन बाँकीको संख्या : ३६,२९३
ज्यान जानेको संख्या : ६३६ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
One Comment