बिज्ञापन

जनवरी २७ मा १ हजार ९५२ जना संक्रमित थपिए, थप दुईको मृत्यु

कतारमा कोरोना संक्रमितको संख्या ओरालो लाग्न थालेको छ तर मृत्यु हुनेको संख्या भने रोकिएको छैन ।

आज जनवरी २७ तारिख बिहिवार कतारमा १ हजार ९५२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ४ हजार १२२ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना भाइरसको कारण आज ८५ र ९१ वर्षिय व्यक्तिको ज्यान गएको छ ।

आज भाइरस देखिएका मध्ये १,६२१ जना स्थानिय र ३३१ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ३,३२,८०० पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार २७,८८५ जनालाई परिक्षण गरिएको थियो ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ 

अस्पतालमा उपचार भैरहेका जम्मा – ३६५ जना

आईसीयुमा उपचार भैरहेका जम्मा – २६ जना

निको हुनेको संख्या : ३,०१२८९

आज सम्म खोप वितरण : ५७,३१,३३०

बुस्टर डाेज खोप वितरण : ७,३७,१३०

आजको खोप वितरण : ३८,६२५

अझै निको हुन बाँकीको संख्या : ३०,८७१

हालसम्म कतारमा ज्यान जानेको संख्या : ६४० जना

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।     

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
3
मनपर्‍यो
खुसी लाग्यो
9
खुसी लाग्यो
दुःख लाग्यो
33
दुःख लाग्यो
रुन मन लाग्यो
9
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
2
रीस उठ्यो
बिज्ञापन
Back to top button