‘जारी’ को टिकट बुकिङ खुल्यो

कतारमा बिहिवार देखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘जारी’ को टिकट बुकिङ खुलेको छ ।
एसियन टाउन, शुक वकिफ, ०१ मल – एनखालिद, सिटीसेन्टर, तवार मल, अल्खोर र मल अफ कतार लगायतको हलहरुमा फिल्मले राम्रै शो पाएको छ ।
दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म गत बैशाख १ गते देखि देश तथा विदेशमा सफलताका साथ प्रदर्शन भैरहेको छ ।
लिम्बु समुदाय भित्रको प्रेमकथामा आधारित रहेको चलचित्रमा आफ्नो श्रीमतीलाई फिर्ता ल्याउन पुरुषले गर्नु परेको संघर्षलाई देखाइएको छ ।
यस्तो छ शो को विवरण ( )
हल,टिकट र शो समय बारे जानकारी लिन यहाँ थिच्नुहोस ।
