बिज्ञापन

चार्टर उडानमा बढी भाडा तिरेकोले कागजातसहित निवेदन दिन अनुरोध

काठमाडौं , कोरोना महामारीको समयमा खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हवाई उद्धार गर्न गरिएको चार्टर उडानमा तोकिएको भन्दा बढी भाडा लिएको विषयमा पर्यटनमन्त्री प्रेम आलेले गठन गरेको छानबिन समितिले काम सुरु गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठिन तीन सदस्यीय छानबिन समितिले यात्रु चार्टर उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य भई मर्का परेका व्यक्तिले आधिकारिक कागजातसहित सात दिनभित्र इमेल info@tourism.go.np मार्फत निवेदन दिन अनुरोध गरेको हो ।

कोरोनाको पहिलो चरणमा लकडाउनका बखत अलपत्र परेका व्यक्तिलाई स्वदेश फकार्उन सहजीकरण गर्ने क्रममा अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानको व्यवस्था भएको थियो । त्यसबेला हिमालय एयरलाइन्स, कतार एयरवेज, टर्किस एयरलाइन्स, एयर अरेबिया लगायत वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय चार्टर उडान गरेका थिए।

सोपश्चात् यात्रु प्रस्थान हुँदा लाग्ने हवाई भाडा सम्बन्धित एयरलाइन्सबाट नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको हवाई भाडाभन्दा बढी लिएको भनी प्राप्त भएका विभिन्न गुनासोका आधारमा गुनासोको सम्बोधन गरी छानबिन गर्न मन्त्रालयले हवाई भाडा दर छानबिन समिति, २०७८ गठन गरेको थियो ।-  न्युज कारखाना

कसरी गर्न सकिन्छ उजुरी ?

ईमेल : info@tourism.go.np
Whats App वा Viber no : +9779813523697
मार्फत गुनासोकर्ताहरुको गोपनियता कयम गरिने


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
36
मनपर्‍यो
खुसी लाग्यो
7
खुसी लाग्यो
दुःख लाग्यो
2
दुःख लाग्यो
रुन मन लाग्यो
3
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
2
रीस उठ्यो
बिज्ञापन
Back to top button