बेइजिङ्ग ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन अमिर चीन पुगे
कतारका अमिर शेख तामिम बिन हमाद अल थानी चीन पुग्नुभएको छ ।
बेइजिङ्ग ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति सी जिन्पिङको निमन्त्रणामा अमिर चीन जानुभएको हो ।
अमिरसंगै अन्य कतारी प्रतिनिधिमण्डललाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ उपविदेशमन्त्री देङ ली, चीनका लागि कतारका राजदूत मोहम्मद बिन अब्दुल्लाह अल दुहाईमी र कतारी दूतावासका अन्य सदस्यले स्वागत गरेका थिए ।
आजबाट बेइजिङ ओलम्पिक सुरु हुँदै
एसियाली मुलुक चीनको बेइजिङमा २४ औं शीतकालीन (विन्टर) ओलम्पिक आज (शुक्रबार) बाट औपचारिक रुपमा सुरु हुँदैछ । कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको केही खेलहरू बुधबारबाट सुरु भइसके पनि औपचारिक उद्घाटन भने शुक्रबारबाट हुन लागेको हो ।
९१ राष्ट्रको सहभागी रहने विन्टर ओलम्पिकमा झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । हिउँमा खेलिने खेलमा १०९ स्वर्ण पदकको लागि विभिन्न देशका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ । विन्टर ओलम्पिक फेब्रुअरी २० सम्म आयोजना हुनेछ ।
One Comment